प्रतिनिधिसभा निर्वाचन: स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै


वालिङ । आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा २ लाख ४८ हजार मतदाता कायम भएको छ ।

२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई २ लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष १ लाख २२ हजार ४६४, महिला १ लाख २६ हजार ३५१ र अन्य १ गरी कुल २ लाख ४८ हजार ८१६ मतदाता रहेका हुन् ।

जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता ३ हजार ८८७ जना धेरै रहेका छन् । २ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ मतदाता छन् । स्याङ्जा क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता छन् ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।