मेटलाइफ नेपालद्वारा सरकारको पुनःनिर्माण कोषलाई आर्थिक सहयोग


काठमाडौँ । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा पच्चीस लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यस हप्ता मेटलाइफ नेपालले माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ । देशको भौतिक संरचनाहरूको पुनःनिर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  १७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।