एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने


काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ लाख ४५ हजार ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन हुनेछ। बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।