काठमाडौँ । सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँड गरिएको छ। जसअनुसार १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा शेयर रहेको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँड गरिएको छ। ९ जना आवेदकले बैंकको थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।
बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गरेको थियो।
सो निष्काशनमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।












प्रतिक्रिया