काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिले बस्याललाई पुस २५ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनले बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका छन् । बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै बहुमूल्य अनुभव आर्जन गरी सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भइ प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।












प्रतिक्रिया