काठमाडौँ । चीनको अग्रणी अटोमोबाइल निर्माता जिलि अटो ग्रुपले नेपालमा उपलब्ध जिलि ईएक्स ५ विद्युतीय एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा प्रदान गरेको छ । यस नयाँ प्राविधीक स्तरोन्नतीले जिलि ईएक्स ५का सवारीसाधनको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा जिलिका गाडीहरुको उपस्थितिलाई अझ मजबुत बनाएको छ ।
एप्पल र एन्ड्रोइड कारप्ले सपोर्ट प्रणालीले गाडीलाई चालकको स्मार्टफोनसँग सहज एकीकरणमार्फत सुरक्षा, सुविधा र कनेक्टिभिटीलाई एकसाथ जोड्दै समग्र ड्राइभिङ अनुभवलाई उल्लेखनीय रूपमा उकास्ने बताइएको छ ।
सफ्टवेयर अपडेटमार्फत एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी
सिरी वा गुगल एसिस्टेनद्वारा सञ्चालित ह्यान्ड्स–फ्री भ्वाइस कमाण्डको माध्यमबाट चालकहरूले फोन समात्न नपरी कल गर्न, सन्देश पठाउन वा प्राप्त गर्न तथा मार्ग निर्देशन लिन सक्छन् । जसले हात स्टीयरिङमै र आँखा सडकतर्फ केन्द्रित राख्न सहयोग गरी सवारी अनुभवलाई उत्कृष्ट बनाउँछ ।
नयाँ सपोर्ट प्रणालीले परिचित स्मार्टफोन इन्टरफेसलाई सवारीसाधनको इनबिल्ट डिस्प्लेमा मिरर गर्छ । जहाँ ठूला, स्पष्ट आइकन र सहज लेआउटका कारण ड्राइभिङका क्रममा म्याप, स्पोटीफाई र म्यासेजजस्ता आवश्यक एपहरू सजिलै प्रयोग गर्न सकिन्छ ।
सामान्य ब्लुटुथ कनेक्टिभिटीको तुलनामा कारप्लेले संगीत र पोडकास्टका लागि उच्च ध्वनि गुणस्तर प्रदान गर्ने भएकाले इन–कार मनोरञ्जन अनुभव अझ समृद्ध हुन्छ ।
यसका साथै, सो एपमार्फत वास्तविक समयको नेभिगेसन र ट्राफिक अपडेट प्राप्त गर्न सकिन्छ भने कल र नोटिफिकेसनको सुरक्षित व्यवस्थापन पनि सम्भव हुन्छ । टचस्क्रिन, स्टीयरिङ ह्विलका बटन र इनबिल्ट माइक्रोफोनलगायत सवारीसाधनका विद्यमान कन्ट्रोलहरूसँग पूर्ण रूपमा एकीकृत भएकाले यो प्रणालीले सहज, एकीकृत र प्रयोगमैत्री ड्राइभिङ वातावरण प्रदान गर्छ ।
यो सुविधा ईएक्स ५ बिक्री हुने अन्तर्राष्ट्रिय बजारहरूमा ग्राहकको उच्च मागपछि विश्वव्यापी रूपमा सुरु गरिएको हो । अब नेपाली उपभोक्ताले पनि समान स्तरको उन्नत इन–कार प्रविधि पाउने कुरालाई सुनिश्चित गर्न नेपालमा लागू गरिएको हो ।
नेपालमा ग्राहक–केन्द्रित कार्यान्वयन
नेपालका लागि जिलि ईएक्स ५ को आधिकारिक वितरक एलआरआर मोटर्सले लन्चदेखि हालसम्म बिक्री भएका सबै जिलि ईएक्स ५ सवारीसाधनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट प्रदान गर्न थालिसकेको छ ।
कम्पनीका अनुसार, सेवा टोलीहरूले ग्राहकको घर वा कार्यालयजस्ता सुविधाजनक स्थानमै पुगेर यि प्राविधिक सुविधाहरुलाई इन्स्टल गरिरहेका छन्, जसले अपग्रेड प्रक्रियालाई झन्झटरहित बनाएको कम्पनीले जानकारी दिएको छ ।
“चीनस्थित जिलि अटो ग्रुपको प्रत्यक्ष सहयोगमा उपलब्ध यो स्मार्ट कनेक्टिभिटी अपग्रेडले जिलि ईएक्स ५ लाई प्रिमियम ग्लोबल ईभीहरूसँग प्रतिस्पर्धी बनाउँदै नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षालाई पनि सम्बोधन गरेको छ,” एलआरआर मोटर्सका प्रबन्ध निर्देशक जीवन जंग शाहीले बताए ।
‘भविष्यमा नेपाल आयात हुने ईएक्स ५ सवारीसाधनहरूमा एप्पल कारप्ले र एन्ड्रोइड अटो प्रणाली इनबिल्ट नै रहने भएकाले थप इन्स्टलेसनको आवश्यकता पर्नेछैन,’ कम्पनीका बिक्री प्रमुख अधिर कुमार श्रेष्ठले बताए ।
नेपालको ईभी बजारमा जिलिको उपस्थितिलाई थप मजबुती
जिलि ईएक्स ५ ले नेपालका शहरी क्षेत्र तथा हाइवे ड्राइभिङ सेग्मेन्टमा पहिले नै उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । विराटनगर र बुटवलजस्ता शहरहरूमा विस्तार हुँदै गएको डिलर नेटवर्कका साथै आगामी वर्षभित्र सातै प्रदेशमा उपस्थिति विस्तार गर्ने योजना कम्पनीले सार्वजनिक गरिसकेको कम्पनीले जनाएको छ ।












प्रतिक्रिया