काठमाडौँ । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्न लागेको छ । कम्पनीको १९ करोड २५ लाख रुपैयाँ बराबरले हुन आउने १९ लाख २५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता सम्पन्न गरेको हो ।
उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरि ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।












प्रतिक्रिया