काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेड १ करोड ५४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म बैंकको खुद व्याज आम्दानी ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ८६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज १७ लाख ८८ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रहेको थियो । कुल दोस्रो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष ३ करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।












प्रतिक्रिया