काठमाडाैँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २।०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा रहेको छ।
बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.३८ प्रतिशतले बढेर ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशतले बढेर ८ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेका कारण बैंकको सञ्चालन मुनाफा ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २० पैसा घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१।३९ गुणा रहेको छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया