काठमाडौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशतले बढेर १ अर्ब १७ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.४३ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२.०५ प्रतिशतले घटेर १ अर्ब ९६ करोड ६५ लाखमा सीमित भएको छ ।
यता, बैंकको खराब कर्जा समीक्षा अवधिमा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ भाृ इम्पेरमेन्ट चार्ज ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५१ पैसा ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी आम्दानी २ रुपैयाँ ७३ पैसा घटेर ८ रुपैयाँ ६२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ।
चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ८७ करोड ५ लाख रुपैयाँ रहेको छ ।










प्रतिक्रिया