सुपर मादी हाइड्रोपावरको प्रतिशेयर आम्दानी कति ?


काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.०२ प्रतिशत घटेर ६७ करोड २८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८.७१ प्रतिशत बढेर ६२ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको अन्य सञ्चालन खर्च समीक्षा अवधिमा २६.१० प्रतिशतले घटेर १ करोड १३ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च १४.८३ प्रतिशतले घटेर २४ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा बढेर १८ रुपैयाँ ६८ पैसा पुगेको छ । पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.८४ गुणा रहेको छ । चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।