पूर्व प्रधानमन्त्री भट्टराईलाई पितृशोक


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।

भट्राईको स्वास्थ्य जटिल बन्दै गएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो ।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।