होटल ईष्टर्न नेपाल र एनआईसी एशिया क्यापिटलबीच आईडिया टू आईपिओ सम्झौता, आईपिओमा जाने


एन आई सी एशिया क्यापिटलले आईडिया टू आईपिओ सेवा अन्तर्गतका सेवा दिने सम्बन्धमा होटल ईष्टर्न नेपाल लिमिटेडसँग सम्झौता गरेको छ ।

कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको क्यापिटलले
मेचिनगर १०, झापामा कारोबार कार्यालय रहेको होटलसँग यस्तो सम्झौता गरेको हो ।

होटल ईष्टर्न नेपाल लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक सेयर निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

होटल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा रहेको अन्तराष्ट्रिय स्तरको प्रस्तावित ५ तारे होटल हो । होटल ईस्टर्न नेपाल संचालनको लागि इन्टर कन्टिनेन्टल होटल ग्रुप एशिया प्यासिफिक पिटिइ लिमिटेड (आइएचजी) को ब्रण्ड अन्तरगतको विश्व विख्यात ख्याती प्राप्त ब्राण्ड होलिडे इन एक्सप्रेस एण्ड सुइट्ससँग व्यवस्थापकिय सम्झौता भइसकेको कम्पनीले जनाएको छ । जस अन्तर्गत होटलको समग्र व्यवसाय विस्तार, होटल संचालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने छ । निर्माणको अन्तिम चरणमा रहेको होटल ईष्टर्न नेपाल यही मिति २०८३ साल जेठ भित्र सफ्ट ओपनिङ्ग गर्ने लक्ष्य सहित सम्पूर्ण आवश्यक प्रकृया अगाडी बढाएको होटलले जनाएको छ ।

होटल संचालनमा आउन साथ पाँच तारा होटल स्तरको सम्पूर्ण सेवाहरु क्यासिनो, डेडिकेटेड हाइ इण्ड गेमिङ, रुफटप स्विमिङ पुल, स्वीट्स तथा मोर्डन रुम, बैंक्वेट हल, रेष्टुरेन्ट लगायतका सेवा उपलब्ध हुने होटलले जनाएको छ ।

होटलको निर्माण सम्पन्न गरी नियमित संचालनमा आएको अवस्थामा होटल रहेको स्थान नेपाल भारत सीमाबाट ७ कि.मि.को दुरीमा रहनेछ । पश्चिम बंगालको बागडोरा विमानस्थलबाट २७ कि.मि.को दुरीमा रहेकाले भारतीय ग्राहकहरुलाई लक्षित सेवा प्रदान गरिने होटलले जनाएको छ ।

अन्तराष्ट्रिय स्तरको होटल ईष्टर्नले नेपालको पूर्वी क्षेत्रमा मात्र नभई समग्र रुपमा नेपालको टुरिजम क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने आशा होटलको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।