काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने भएको छ। कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा १५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न लागेको हो ।
कार्यालयले कम्पनीहरूलाई ३० दिनभित्र कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर, तोकिएको अवधिमा स्पष्टीकरण नआएपछि कार्यालयले बुधबार पुनः सात दिनको थप समय प्रदान गरेको जनाएको छ ।
कार्यालयका अनुसार, थप गरिएको समयसीमाभित्र पनि सन्तोषजनक जवाफ नआए ती कम्पनीलाई कालोसूचीमा समावेश गरिने कार्यालयले जनाएको छ ।












प्रतिक्रिया