बागमती । हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ रुपैयाँ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए।
चालु आवको ७ महिनामा सम्पत्ति करबाट ५ करोड ५४ लाख ९३ हजार १३८ रुपैयाँ, घरबहाल करबाट ३ करोड ४४ लाख ७० हजार ७०६ रुपैयाँ, नक्सापास दस्तुरबाट १ करोड २१ लाख २७ हजार २७ रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट २ करोड ४४ लाख ४९ हजार २४० रुपैयाँ, सिफारिस दस्तुरबाट १ करोड ७० लाख ३९ हजार १०० रुपैयाँ, बहाल बिटोरी करबाट १ करोड ७२ लाख ४४ हजार १४९ रुपैयाँ, व्यवसाय करबाट १ करोड ७१ लाख २ हजार ६१६, अन्य बिक्रीबाट प्राप्त ३ करोड २ लाख २३ हजार रुपैयाँ असुली भएको हो ।












प्रतिक्रिया