काठमाडौँ । बीमा कम्पनीहरुको सेयर बजामा लगानी ५७.७८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले सेयर बजारमा ५२ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेका हुन् ।
गत वर्षको सोही अवधिमा बीमा कम्पनीले सेयर बजारमा ३३ अर्ब २६ करोड २७ लाख रुपैयाँ लगानी गरेका थिए ।
जसअनुसार एक वर्षमा सेयर बजार १९ अर्ब २१ करोड ७७ लाख रुपैयाँ लगानी थपिएको छ ।
बैंकहरुकोे मुद्दती निक्षेपको व्याजदर न्यून भएकोले अरु क्षेत्रका लगानी बढेको आइएमइ लाइफ इन्स्योरेन्सका सूचना अधिकारी सुदिप रानाले बताउँछन् । बैंकहरुको मुद्दती निक्षेपमा केही वर्ष अघिसम्म ११ देखि १३ प्रतिशतसम्मको व्याजदरमा लगानी गरेका बीमा कम्पनीहरुले अब ३ प्रतिशतमा लगानी गर्नुपर्ने अवस्था आएकाले विकल्पमा सेयर बजार परेको उनको भनाइ छ ।
रानाले भने, “बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियमको ठूलो हिस्सा बैंकको मुद्दती तथा बचत निक्षेपमा लगानी गर्ने गरेका थिए । यसले गर्दा समयावधी पुगेर मुद्दती निक्षेपबाट लगानी झिक्नुपर्ने वा नविकरण गनुपर्ने बेला नविकरण नगरी त्यो पैसा अन्य सेक्टरमा लगाउन थाले । ”
वैकहरुको व्याजदर घट्दा बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाउन थालेको प्राधिकरणका कार्यकारी निर्देशक सुसिलदेव सुवदी बताउँछन् । “केही समयसम्म बैंकहरुको मुद्दती निक्षेपममा मात्र लगानी धेरै थियो । अब अन्य क्षेत्रमा पनि जान थाल्यो” उनले भने ।
यस्तै, बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा लगानी गर्नको लागि बाटो खुला गरिदिएको पनि उनले बताए । प्राधिकरणका कार्यकारी निर्देशक सुवदीले भने, “हामीले वैकल्पिक क्षेत्र र पूर्वाधार क्षेत्रतिर लगानी गर्न भनिरहेका छौँ । बीमा कम्पनीहरुले सेयर बजारतर्फ विस्तारै गइरहेका छन् । अब अन्य क्षेत्रमा पनि लगानी बढ्छ ।”
बीमा कम्पनीहरु वैकल्पिक क्षेत्रमा जान नसक्ने बताउँदै उनले बीमा कम्पनीहरुले १० प्रतिशत लगानी बाह्य क्षेत्रमा गर्न पाउने भनेतापनि त्यसो हुन नसकेको निर्देशक सुवेदी बताउँछन् ।
तर, बीमा कम्पनीहरुले विदेशमा पुर्नबिमा गरेको हुनाले बैंकहरुले मुद्दतीको व्याजदर घटाउने वित्तिकै यो सेक्टर नै धरासयी अवस्थामा पुग्ने भन्ने नहुने उनले बताए । मुद्दती निक्षेप घट्ने वित्तिकै बीमा कम्पनीहरुलाई अस्थिरतातिर लाग्ने समस्या नभएको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसन्त कम्पनीहरुले ९ खर्ब ३० अर्ब ८६ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।
जीवन बीमाले गरे ८ खर्ब रुपैयाँ बढी लगानी
जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्र सवा ८ खर्ब रुपैयाँ बढी लगानी गरेको पाइएको छ ।
दोस्रो त्रैमास (साउन–पुस)सम्म १४ वटा जीवन बीमकले ८ खर्ब २९ अर्ब ५० करोड ६२ लाख रुपैयाँ लगानी गरका छन् । तथ्यांकअनुसार विभिन्न क्षेत्रमा नेपाल लाइफको लगानी सर्वाधिक देखिएको छ । यो कम्पनीले मात्रै २ खर्ब २३ अर्ब १४ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ ।
window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});
कुन कम्पनीले कति गरे सेयर बजारमा लगानी ?
जीवन बीमा कम्पनीले सेयर बजारमा गत वर्षको भन्दा ६४.५४ प्रतिशतले लगानी बढाएका छन् । चालु आवको पुससम्म जीवन बीमा कम्पनीले ४२ अर्ब ४० करोड रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका छन् ।
समिक्षा अवधिमा सेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका कम्पनीले अहिले ४२ अर्ब ४० करोड रुपैयाँ पुयाएका छन् ।
window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});
निर्जीवन बीमा कम्पनीले गर्यो ६४ अर्ब लगानी
निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुससम्म ६४ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् ।
हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा उक्त रकम लगानी गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै निर्जीवन बीमकहरुले ४६ अर्ब ५१ करोड ३ लाख रुपैयाँ लगानी गरेका छन्।
window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});
कुन कम्पनीले कति गरे सेयर बजारमा लगानी ?
चालु दोस्रो त्रैमाससम्म निर्जीवन बीमकले सूचीकृत कम्पनीको सेयरमा ५ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन्। यो रकम गत वर्षको तुलनामा २२.१ प्रतिशत धेरै हो । गत वर्ष पुस मसान्तसम्म निर्जीवन बीमकले सेयर बजारमा ४ अर्ब ३९ करोड रुपैयाँ लगानी थियो ।
window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});
पुनर्बीमा कम्पनीले कति गरे लगानी ?
हाल सञ्चालनमा रहेका दुईवटा पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् । पुस मसान्तसम्म हिमालयन रिले १८ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ भने नेपाल रिले १८ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् ।
नेपाल रिले बैंकहरुको मुद्दति निक्षेपमा कुल १४ अर्ब ३२ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ भने क वर्ग बैंकमा १२ अर्ब ८२ करोड २८ लाख रुपैयाँ, पूर्वाधार बैंकमा २६ करोड रुपैयाँ, ख वर्गका बैंक तथा वित्तीय संस्थामा १ अर्ब १४ करोड रुपैयाँ र ग वर्गको वित्तीय संस्थामा १० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेको छ।
यस्तै, नेपाल रिले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५६ करोड ४७ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ५९ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा ६५ करोड रुपैयाँ लगानी गरेको छ।
उता हिमालयन रिले क वर्गका बैंकहरुको मुद्दति निक्षेपमा ११ अर्ब ९० करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ।
यसैगरी हिमालयन रिले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ४ अर्ब ६२ करोड १६ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २० करोड १० लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७९ करोड रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १ अर्ब ५ करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा २२ करोड ५० लाख रुपैयाँ र अन्य क्षेत्रमा ४७ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ।
लघु जीवन बीमकले कुन क्षेत्रमा कति गरे लगानी ?
तीन लघु जीवन बीमकको विभिन्न क्षेत्रमा ३ अर्ब ३० करोड रुपैयाँ बढी लगानी गरेका छन् । तथ्यांकअनुसार क्रेस्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब ३० करोड ६ लाख रुपैयाँ लगानी गरेका हुन् ।
लघु जीवन बीमकहरुले सर्वाधिक लगानी क वर्गका बैंकहरुको मुद्दति निक्षेपमा गरेको देखिन्छ । यी ३ लघु जीवन बीमकले क वर्गका बैंकहरुमा १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ लगानी गरेका छन् भने ख वर्गका बैंकहरुको मुद्दतिमा ९ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन् । ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गार्डियन माइक्रो लाइफले मात्रै २० लााख रुपैयाँ लगानी गरेको छ ।
यसैगरी यी तीन कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २८ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा गार्डियन र क्रेष्ट माइक्रो लाइफ २ करोड ६७ लाख रुपैयाँ लगानी गरेका छन् ।
सूचिकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेञ्चर र ऋणपत्रमा लिबर्टी माइक्रो लाइफले मात्रै ९९ लाख लगानी गरेको छ ।
यता नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा गार्डियन र लिबर्टी माइक्रो लाइफललगानी गरेका छन् । जसमध्ये गार्डियन मायक्रो लाइफले २५ लाख, र लिबर्टी माइक्रो लाइफल ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।
गार्डियन माइक्रो लाइफ सबैभन्दा धेरै लगानी गरेको छ । यो कम्पनीले ८९ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, क्रेष्ट माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ८३ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । लिबर्टी माइक्रो लाइफको लगानी पनि ५६ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।










प्रतिक्रिया