निर्जीवन बीमा कम्पनीको व्यापार १३.४५ प्रतिशतले बढ्यो, हिमालयन एरभेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा


काठमाडौं । निर्जीवन बीमा कम्पनीले २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२-८३ को ७ महिनामा १४ निर्जीवन बीमा कम्पनीहरुले १६ लाख ५६ हजार ३३६ वटा बीमालेख जारी गरेर २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीहरुले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १३.४५ प्रतिशतले बढेको छ ।

गत वर्षको तुलनामा तुलनामा चालु वर्षको माघसम्म हिमालयन एरभेष्ट इन्स्योरेन्सको बीमा शूल्क संकलन सबैभन्दा धेरै भएको छ ।

चालु वर्षको माघसम्म यो कम्पनीले २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष माघसम्म कम्पनीले १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४७.७४ प्रतिशतले बढेको छ।

यस्तै, चालु आर्थिक वर्षको माघसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष माघसम्म कम्पनीले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ६.०२ प्रतिशतले बढेको छ।

window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});

सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १.७७ प्रतिशतले बढेको छ।

यसैगरी चालु वर्षको माघसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब १५ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.७६ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १७.४५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३४.९५ प्रतिशत र नेको इन्स्योरेन्सको १०.३२ प्रतिशतले व्यापार बढेको छ।

चालु आर्थिक वर्षको माघसम्म युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७५ करोड ७३ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ६० करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा युनाइटेड अजोडको २५.३९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको १०.६४ प्रतिशत र सानिमा जीआईसीको १५.६० प्रतिशतले व्यापार बढेको छ।

त्यस्तै समीक्षा अवधिसम्म नेपाल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ (६.७२ प्रतिशत बढी), प्रभु इन्स्योरेन्सले १ अर्ब ७ करोड ८ लाख रुपैयाँ (३.८८ प्रतिशत बढी), राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख रुपैयाँ (१५.३१ प्रतिशत बढी) र नेसनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँ (१५.३१ प्रतिशत बढी) बीमाशुल्क संकलन गरेका छनु ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।