काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले उक्त रकम संकलन गरेका हुन् ।
अघिल्लो वर्ष २०८१/८२ को माघसम्म कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ भित्र्याएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार १६.४३ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार ग्रोथको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ ।
चालु आर्थिक वर्षको माघसम्म नेपाल लाइफले २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ अर्ब ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १३.८१ प्रतिशतले बढेको छ ।
यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ । नेसनल लाइफले माघसम्म १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १८.४६ प्रतिशतले बढेको छ ।
धेरै व्यापार भित्र्याउने हिसाबले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष माघसम्म कम्पनीले ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ७.७७ प्रतिशतले बढेको छ ।
window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});
यसैगरी हिमालयन लाइफको अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ५.४२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ९३.८९ प्रतिशत, सूर्यज्योति लाइफले ११.९२ प्रतिशत, एसियन लाइफको ९.५३ प्रतिशत र सिटिजन लाइफको १८.९५ प्रतिशतले बढेको छ ।
त्यस्तै चालु वर्षको माघसम्म सानिमा रिलायन्स लाइफको बीमा शुल्क १२.२९, आइएमई लाइफको ३३, मेट लाइफको ९ं.९५, रिलायबल नेपाल लाइफको २४.९३, प्रभु महालक्ष्मी लाइफको १३.८६ र सन नेपाल लाइफको ४.६२ प्रतिशतले बीमा शुल्क बढेको छ ।
नविकरण बीमाशुल्क कति ?
चालु आर्थिक वर्षको ७ महिनामा जीवन बीमा कम्पनीहरुको बीमा शूल्क १४ प्रतिशतले बढेको छ । साउनदेखि माघसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरण गरेर करिब ८५ अर्ब ९४ करोड १० लाख रुपैयाँ रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को माघसम्म बीमा कम्पनीहरुले ७५ अर्ब २५ करोड २७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए । नेपाल लाइफले सर्वाधिक नवीकरण बीमाशुल्क संकलन गर्दा वृद्धिदरमा राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ ।
चालु वर्षको माघसम्म नेपाल लाइफले २२ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष माघसम्म कम्पनीले २१ अर्ब २१ करोड ७४ लाख रुपैयाँ संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीमा बीमाशुल्क संकलन ७.६४ प्रतिशतले बढेको छ ।
दोस्रो धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ। यो कम्पनीले माघसम्म १० अर्ब १० करोड २ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ६२ करोड ५५ लाख रुपैयाँमात्रै नवीकरण बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ४.९३ प्रतिशतले बढेको छ ।
window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});
तेस्रोमा नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष माघसम्म कम्पनीले ८ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म १५.६३ प्रतिशतले बढेर ९ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ संकलन गरेको थियो ।
यसैगरी माघसम्म हिमालयन लाइफको बीमाशुल्क ७.३७ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १०५.९२ प्रतिशत, सूर्यज्योति लाइफको १२.३९ प्रतिशत, एसियन लाइफको ६.३२ प्रतिशत, सिटिजन लाइफको १४.३० प्रतिशत र सानिमा रिलायन्स लाइफको ११.७३ प्रतिशतले नवीकरण बीमाशुल्क बढेको छ ।
यसैगरी, मेटलाइफको ७.३१ प्रतिशत, आइएमई लाइफको २२.०३ प्रतिशत, रिलायबल नेपाल लाइफको २१.११ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १३.३६ प्रतिशत र सन नेपाल लाइफको १८.२१ प्रतिशतले बढेको छ ।












प्रतिक्रिया