धादिङ–१ मा आशिका तामाङ प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले अगाडि


काठमाडौँ । धादिङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिइरहेकी छन्।

उनले अहिलेसम्म ६ हजार ३१ मत प्राप्त गरेकी छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले २ हजार ९९१ मत पाएकी छन्। नेपाली कांग्रेसका कृष्ण रिजालले १ हजार ७७० मत पाएका छन्। नेकपाका राजेन्द्र पाण्डेले १ हजार ४६५ मत पाएका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।