धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता


काठमाडौँ । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५९० मतसहित अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४०, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ७३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले १४४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।