रामेछापमा नेकपा अगाडी


काठमाडौँ । रामेछापमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्याम श्रेष्ठ अगाडी रहेका छ । जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको मतगणना गर्दा नेकपा अग्रता लिएको हो । बेथानको १ हजार ४५१ मत गणना गर्दा तारा चिह्नले सबैभन्दा बढी ३८९ मत प्राप्त गरेको छ ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका रामचन्द्र खड्काले १३६ मत पाएका छन् । नेकपा एमालेको सूर्य चिह्नले ९२ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.कृष्णहरि बुढाथोकीले ५७ मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।