विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतगणना धमाधम भइरहेको छ । कोशीका २८ मध्ये १६ वटामा रास्वपाको अग्रता कायम रहेको छ ।
हालसम्म झापाको ५ वटै निर्वाचन क्षेत्रमा भारी मतका साथ रास्वपाका उम्मेदवारहरु अगाडि छन् । त्यस्तै, मोरङका ६ र सुनसरीको ४ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन् । यस्तै, उदयपुर १ मा रास्वपा अगाडि देखिएको छ । त्यसबाहेक इलामको २, भोजपुर, उदयपुर २ र पाँचथरमा श्रम संस्कृति पार्टी अगाडि छ ।
त्यस्तै, ताप्लेजुङमा नेकपा र एमालेबिच कडा प्रतिस्पर्धा देखिएको छ । एमालेका सचिव समेत रहेका भानुभक्त ढकालले तेह्रथुममा अग्रता कायमै राखेका छन् । त्यस्तै ओखलढुङ्गा र धनकुटामा पनि एमालेको अग्रता रहेको छ ।












प्रतिक्रिया