रास्वपाका यी उम्मेदवारले ल्याए ५० हजारभन्दा बढी मत


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६ उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याएका छन् ।

सबैभन्दा धेरै मत चितवन क्षेत्र नम्बर ३ बाट सोविता गौतमले पाएकी छन् । गौतमले ५९ हजार २७७ मत पाएकी छन् ।

यसैगरी रुपन्देही ३ मा डा. लेखजंग थापाले ५८ हजार ८१४ मतसहित जित हात पारे ।

यसैगरी ५० हजारभन्दा बढी मतसहित विजयी हुने रास्वपाका अर्का उम्मेदवार  सुलभ खरेल हुन् । उनी रुपन्देही २ बाट ५६ हजार ५५० मतसहित निर्वाचित भए ।

मोरङ क्षेत्र नम्बर ६ बाट रुविना आचार्य पनि ५० हजार भन्दा बढी मतसहित निर्वाचित भएकी छन् । उनले ५५ हजार ५१३ मत पाएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि ५० हजार भन्दा बढी मतले विजयी भएका छन् । रविले चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मतसहित विजयी भएका हुन् ।

यसैगरी काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित बदन कुमार भण्डारी पनि ५० हजार भन्दा बढी मत पाएर निर्वाचित भएका छन् । भण्डारीले ५३ हजार ३४४ मत पाएका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।