ओलीसँग करिब ५० हजार मतान्तरले बालेन विजयी


काठमाडौँ । झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् ।

बालेन ६८ हजार ३४८ मतसहित विजयी भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन

एमाले अध्यक्ष ओलीले भने १८ हजार ७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९ हजार ६३४ मतको अन्तर रहेको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् ।  समिरले ९ हजार २३३ मत प्राप्त गरे भने मंधराले १ हजार ८२१ मत गरिन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।