काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार विश्वराज पोखरेल विजयी भएका छन् । १३ पोखरेल हजार ९५३ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाए । नेकपा (एमाले) की उमेदवार असिमता थापा १० हजार ७२० मतसहित चौथो स्थानमा रहेकी निर्वाचन आयोगले जनाएको छ ।












प्रतिक्रिया