काठमाडौँ । निर्वाचनपछिको पहिलो कारोबार दिन नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेको छ ।
आज बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको थियो। जसका कारण शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। सोपश्चात ११ बजेर २१ मिनेटको खुलेको बजार, तिव्र गतिमा बढेर ११ बजेर २१ मिनेट १५ सेकेन्डमा नेप्से ५ प्रतिशत बढेपछि कारोबार पुनः ४० मिनेटको लागि स्थगित भएको छ।
सो अवधिसम्ममा नेप्से परिसूचक १३५।७२ अंक बढेर २८४८।२२ विन्दुमा पुगेको छ भने २४७ स्टकको २ हजार ३०८ पटकको कारोबारमा २८ करोड ५१ लाख २५ हजार रूपैयाँबराबरको ५ लाख ३५ हजार कित्ता शेयर कारोबार भएको छ।












प्रतिक्रिया