सानिमा माई हाइड्रोपावरका सेयरधनीको हात खाली, तोक्यो बुकक्लोज मिति


काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले सेयरधनीहरलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश नदिने निर्णय गरेको हो ।

यसैबिच, कम्पनीले आगामी चैत २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत १२ गते एक दिनका लागि ‘बुक क्लोज’ गर्ने निर्णय गरेको छ ।

यसअनुसार चैत ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण, वासलात तथा नाफा(नोक्सान हिसाब लगायतका एजेन्डाहरू साधारण सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार  १३ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।