श्रम संस्कृति पार्टीबाट ४ जना समानुपातिक सांसद सिफारिस


काठमाडौँ । श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसद सिफारिस गरेको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको थियो । सोही अनुसार ४ सांसदको नाम टुंगाएको हो ।

सो पार्टीले आज आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लागाएको छ ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।