काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।
निगमका अनुसार नयाँ मूल्य आइतबारदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा खाना पकाउने एलपि ग्यासमा १६९ रुपैयाँ वृद्धि गरिएको छ ।
सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ, डिजेल १५२ रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।













प्रतिक्रिया