शिखर पावरको आईपीओ बाँडफाँट, हेर्नुस् कतिले पाए ?


काठमाडौँ । शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने बाँकी ३६ हजार ५०० आवेदन रद्द भएको छ।

१ लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले शेयर पाएका छन्। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

शिखर पावरले गत फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख ४२ हजार ६०० कित्ता आइपीओ जारी गरेको थियो ।

 

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।