पृथ्वीराजमार्ग : ४१ किमी पूरा


तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा भएको छ ।

निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ । यो सडक बजार क्षेत्रमा छ र ग्रामीण भेगमा चार ‘लेन’मा विस्तार भएको छ ।

आगामी पाँच वर्षसम्म सडकको मर्मत सम्भार निर्मातामा कम्पनीले गर्ने सडक विस्तार आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । एसियाली विकास बैंकबाट छ अर्ब ३१ करोड रुपैयाँ ऋण लिएर यो सडक विस्तार गरिएको हो ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार  १२ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।