म्युचुअल फन्डका सेयरधनीले सेयर बेच्न ६ महिना कुर्नु नपर्ने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लाई सेयर बेच्नका लागि ‘लकइन पिरियड’ नलाग्ने व्यवस्था गर्न लागेको छ । बोर्डले आईपीओ लगत्तै दोस्रो बजारमा कारोबार हुँदा न्यून आपूर्तिका कारण मूल्य अस्वभाविक बढेको भन्दै ‘लकइन पिरियड’ को व्यवस्था हटाउन थालेको हो ।

यसअघि लगानीकर्ताले आईपीओमा पाएको सेयर बजारमा छिटो बिक्री गरेर आपूर्ति बढाएको गुनासो आएपछि बोर्डले २०८० कात्तिकदेखि ६ महिनाको ‘लकइन पिरियड’ व्यवस्था गरेको थियो । यो व्यवस्थापछि म्युचुअल फन्डले प्राथमिक निष्कासनका क्रममा पाएको सेयर ६ महिना पूरा नहुँदासम्म दोस्रो बजारमा बेच्न बन्देज गरि।एको थियो । अब त्यो व्यवस्थाको अन्त्य हुन लागेको हो ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार  ०७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।