सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, एकैदिन तोलामा साढे ६ हजारले घट्यो सुन


काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार घट्दै गएको छ । सोमबार पनि सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैया र चाँदी ११५ रुपैयाँले घटेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको हो ।

तोलामा २२ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३५४.६८ अमेरिकी डलर र चाँदी ६५.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एकैदिन साढे १२ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।