काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “स्मार्ट मनी टक्स २०२६” नारासहित ग्लोबल मनि विकको अवसरमा देशका सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । चैत्र २ देखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत बैंकका विभिन्न शाखामार्फत करिब ६ हजार सर्वसाधारण लाभान्वित भएका छन् ।
कार्यक्रममा युवा तथा विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरताको आवश्यकता, विद्युतीय बैंकिङ्गसँगै बढ्दो जोखिम तथा सुरक्षित कारोबारका उपायबारे जानकारी दिइएको थियो । साथै नगद तथा अन्य वित्तीय कारोबार गर्दा बैंकिङ्ग प्रणालीको प्रयोग गर्न आग्रह गरिएको बैंकले जनाएको छ ।
हाल ६१ जिल्लामा फैलिएका २०० शाखा तथा अन्य सेवा सञ्जालमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बैंकले आधुनिक डिजिटल सेवा विस्तारलाई पनि प्राथमिकतामा राख्दै आएको छ ।










प्रतिक्रिया