इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ विजेतालाई पुरस्कार वितरण


काठमाडौँ। इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरेको छ । १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको अभियानमा उत्कृष्ट सेवा र प्रदर्शनका आधारमा चालक साझेदारहरूलाई सम्मान गरिएको हो ।

अभियानअन्तर्गत क्याब श्रेणीतर्फ तुम बहादुर थापा मगरले विद्युतीय ट्याक्सी तथा बाइक श्रेणीतर्फ अशेष मगरले मोटरसाइकल जितेका छन् । साथै विभिन्न साप्ताहिक पुरस्कारअन्तर्गत स्मार्टफोन, स्मार्ट घडी, इयरबड्स र पेट्रोल भौचर समेत वितरण गरिएको कम्पनीले जनाएको छ ।

इनड्राइभले चालक साझेदारहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत उनीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।