काठमाडौँ । महिला उद्यमी महासंघ नेपालले ९औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ। महिला उद्यमशीलताको विकास र प्रवद्र्धनमा विगत २३ वर्षदेखि सक्रिय महासंघले महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरणलाई थप टेवा पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागेको हो।
आगामी चैत २० गते उद्घाटन हुने उक्त मेला चैत २० देखि २२ गतेसम्म (३–५ अप्रिल २०२६) ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ। मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका सफल महिला उद्यमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
महासंघले ७७ जिल्लामा जिल्ला महिला उद्यमी संघ स्थापना गरी ६ हजारभन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको छ भने करिब १ लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राही रहेका छन्।
मेलामा घरेलु, साना तथा मझौला उद्योगमा संलग्न महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूको सहभागिता रहनेछ। यसले महिला उद्यमीहरूलाई आफ्ना रैथाने तथा मौलिक उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटवर्किङ तथा व्यापारिक सहकार्यका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।












प्रतिक्रिया