एनआईसी एशिया र स्तुपा हस्पिटलबीच सम्झौता


काठमाडौँ। एन आई सी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच विभिन्न सेवा सुविधामा सहकार्य गर्ने विषयमा समझदारी भएको छ।

उक्त समझदारीपत्रमा बैंकका तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा तथा हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरूले एन आई सी एशिया बैंकको क्रेडिट कार्डसम्बन्धी सुविधा प्राप्त गर्न सक्नेछन्।

यसैगरी, ग्राहकहरूको सहजताका लागि हस्पिटल परिसरमा बैंकको एटिएम सेवा सञ्चालन गर्ने सहमति समेत भएको छ।

ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गरिएको यस सहकार्यबाट दुवै पक्षका सेवाग्राहीलाई थप सहज र लाभदायक हुने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।