काठमाडौँ । सुजुकीले आफ्नो नयाँ एक्सेस १२५ स्कुटर नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। भारतको १२५ सिसी वर्गमा सर्वाधिक बिक्री हुने स्कुटरको रूपमा परिचित यो मोडल अब नेपालभरका अधिकृत सुजुकी डिलरशिपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
१२४ सिसी क्षमताको एयर–कूल्ड, फ्युल इन्जेक्सनयुक्त इन्जिन रहेको यस स्कुटरले ८.३ बीएचपी शक्ति र १०.२ एनएम टर्क उत्पादन गर्नेछ। बीएस–६ ओबीडी–२बी उत्सर्जन मापदण्डअनुसार तयार गरिएको यस स्कुटरले शहरी तथा राजमार्ग दुबै सवारीका लागि सहज अनुभव दिने कम्पनीको दाबी छ।
१०६ किलोग्राम तौल र ५.३ लिटर इन्धन ट्यांकी क्षमता रहेको यस स्कुटर इलेक्ट्रिक तथा किक स्टार्ट दुवै विकल्पमा उपलब्ध छ। विभिन्न आकर्षक रङमा उपलब्ध एक्सेस १२५ को मूल्य तथा अन्य विवरणका लागि नजिकैको सुजुकी शोरूममा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।












प्रतिक्रिया