काठमाडौँ । शंकर ग्रुपअन्तर्गत तथा नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज तथा फाइनान्स कार्निभल सुरु गरेको छ। उद्घाटन दिनमै ५०० भन्दा बढी आगन्तुकको सहभागिता रहेको थियो।
कार्निभलमा टीभीएसका सम्पूर्ण दुई पाङ्ग्रे सवारीहरूको प्रदर्शन, टेस्ट राइड तथा पुराना बाइक साट्ने (एक्सचेन्ज) सुविधा उपलब्ध छ। ग्राहकका लागि स्थलमै एक्सचेन्ज मूल्यांकन र फाइनान्स परामर्शको व्यवस्था गरिएको छ।
कार्यक्रममा विशेष अफरअन्तर्गत ८ हजार रुपैयाँ सम्मका थप सुविधा, ७ हजार रुपैया ँनगद छुट तथा ३ हजार ७ सय १० बाट सुरु हुने किस्ता (ईएमआई) योजना राखिएको छ। ५० भन्दा बढी रीकन्डिसन कम्पनीको सहभागितामा पुराना सवारीका लागि प्रतिस्पर्धात्मक मूल्यांकन पनि गरिनेछ।
कार्निभलमा स्टन्ट शो, जिमखाना, अन्तरक्रियात्मक खेल, टेस्ट राइड, फुड स्टल तथा लाइभ मनोरञ्जन कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले ग्राहकलाई सहज र लाभदायक अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कार्यकारी निर्देशक अखिल गुप्ताले चैत १६ सम्म सञ्चालन हुने कार्यक्रममा नयाँ मोडलहरू पनि सार्वजनिक गरिने जानकारी दिए।
कम्पनीले सम्पूर्ण सवारीप्रेमीलाई चैत १६ अघि भृकुटीमण्डप पुगेर अफर र सेवाको लाभ लिन आग्रह गरेको छ।












प्रतिक्रिया