टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा अटो सर्भिसेजको आउटलेट स्थापना


काठमाडौँ। नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ल्युब आयलले ललितपुरको ढाकाढोलस्थित स्टार अटो पार्ट्समा टोटल क्वार्ट्ज अटो सर्भिसेज (टीक्युएएस) को आउटलेट स्थापना गरेको छ । नेपालमा सर्टिफाइड अटोमोटिभ सर्भिस फ्यासिलिटी विस्तार गर्ने पहलका लागि यो अर्को कदम भएको कम्पनीको भनाइ छ ।

नेपालको आफ्टर मार्केटमा बढ्दो माग र त्यसै अनुसार अटोमोटिभ सर्भिस पूर्वाधार बढाउनु पर्ने आवश्यकतालाई रणनीतिक महत्व दिदै सो उदघाटन समारोहमा टोटल इनर्जिज र लक्ष्मी ग्रुपका बरिष्ठ प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

टोटल इनर्जिज मार्केटिङ इन्डियाका अटोमोटिभ इन्डष्ट्रि तर्फका सीईओ तथा एक्जिक्युटिभ डाइरेक्टर विकेन नजारियानले रिवन काटेर सो आउटलेटको उदघाटन गरे । सो अवसरमा टोटल इनर्जिजका सिनियर म्यानेजर – एक्सपोर्ट्स प्रविण कुमार र लक्ष्मी ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर निराकार श्रेष्ठ तथा लक्ष्मी ल्युब आयलका सेल्स हेड सुवोध थापा र स्टार अटो पार्ट्सका सञ्चालक दिल कृष्ण खडगीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नजारियनले टोटल क्वार्ट्ज अटो सर्भिसेज कन्सेप्टले सवारीधनीहरूलाई विश्वस्तरको सञ्चालन मापदण्डअनुसार जेन्युइन लुब्रिकेन्ट तथा व्यावसायिक मर्मत सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता पहलहरूले नेपाल जस्तो बढ्दो अटोमोटिभ बजारमा ग्राहकको विश्वसनियता बढाउने र इन्जिनको दीर्घकालीन कार्यसम्पादनमा सहयोग पुर्यााउने उल्लेख गरे।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।