काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ पछि स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनलाई अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ । रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ । पछि परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरेको छ ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।
नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यानमुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । यसअघि कतिपय अवस्थामा राजनीतिक प्रकृतिका घटना र प्रदर्शनमा पूर्वप्रधानमन्त्रीहरु प्रहरी नियन्त्रणमा रहेपनि फौजदारी जाहेरीको अनुसन्धानका सिलसिलामा पक्राउ परेका थिएनन् ।
ओली र लेखक पक्राउ गरेसँगै गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताएका छन् । उनले ओली र लेखक पक्राउ गरिनु प्रतिशोध नभई न्यायको सुरूवात भएको बताएका छन् ।
‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं,´ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’ उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।










प्रतिक्रिया