ओली-लेखकलाई भोलिमात्रै अदालत पेश गरिने


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार मात्रै अदालत पेस गर्ने गरिने भएको छ । आज शनिबार बिदा भएकाले आइतबार मात्र उनीहरूलाई अदालत पेश गरिने भएको हो ।

शनिबार भने उनीहरूलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिनेछ । स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने तयारी भएको हो । लेखकलाई सो गणमा पुर्‍याइसकिएको छ । यता ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।