भाडा समायोजन गर्न माग गर्दै राइड सेयरिङवाला चालक सडकमा


काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवसद्धि भएसँगै राइड सेयरिङवाला चालकहरुले भाडा समायोजन गर्न माग गरेका छन् ।

पेट्रोलियम पदार्थको मूलयवृद्धि हुँदा पनि भाडादर समायोजन नभएको भन्दै उनीहरुले काठमाडौँको माइतीघरमा आन्दोलन गरेको हुन् ।खासगरी, पठाओ, इन्ड्राइभ र याङ्गोमा दर्ता भएका चालकहरुले संयुक्त रुपमा प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले भाडा वृद्धि गर्नुपर्ने, कमिसनको दर बढाउनुपर्ने र शुरक्षाको सुनिश्चितता हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन गरेका हुन् ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  ११ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।