काठमाडौँ । यामाहा नेपालले हालै सार्वजनिक गरेको ‘एफजेडएस एफआई हाइब्रिड’ मोटरसाइकल एक हप्तामै पूर्ण रूपमा बिक्री भएको छ। देशकै पहिलो हाइब्रिड मोटरसाइकलका रूपमा आएको यो मोडलले बजारमा उल्लेखनीय प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।
एफजेड सिरिजमा आधारित यस मोटरसाइकलले शक्ति, उच्च इन्धन दक्षता र कम उत्सर्जनबीच सन्तुलन कायम गर्दै शहरी प्रयोगका लागि उपयुक्त विकल्पका रूपमा स्थापित भएको छ। आधुनिक प्रविधि र उत्कृष्ट माइलेजका कारण यो मोडल छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो।
उच्च मागलाई मध्यनजर गर्दै यामाहा नेपालले अब अर्को ब्याचका लागि प्रि(बुकिङ खुला गरेको छ। इच्छुक ग्राहकहरूले आधिकारिक डिलर तथा यामाहाका सामाजिक सञ्जालमार्फत थप जानकारी लिन सक्नेछन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले ग्राहकको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नवीन र व्यवहारिक सवारी समाधान ल्याउने प्रतिबद्धता जनाएका छन्।












प्रतिक्रिया