काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मंगलबारसम्म कायम रहेको विद्युत् आयात अनुमति नवीकरण गरेको छ । भारतले भारतिय इनर्जी एक्सचेज (आईएक्स) बजारमार्फत गरेको प्रस्ताव नवीकरण गरेको हो ।
यसपटक भारतले दैनिक १६ घण्टाका लागि विद्युत् आपूर्ति अनुमति दिएको छ । हिँउदमा विद्युतको माग धान्न २४ सै घण्टा १ हजार २ मेघावाट विद्युत खरिद अनुमतिको लागि नेपालले प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा भारतले ५ द्दण्टा मात्रै विद्युत दिने गरी नविकरण गरेको हो ।
अप्रिल महिनामा (वैशाख ३ देखि १७ गतेसम्म) बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म (१६ घण्टा) र मे महिना देखि जुनसम्ममा (वैशाख १८ देखि १६ असारसम्म) बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् आयातको अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
भारतले यसपटक उच्च माग हुने समय कटौती गरेर बाँकी समयमा विद्युत् उपलब्ध गराउने ढाँचामा अनुमति दिएको हो। ’अप्रिलमा २ बजेदेखि ६ बजेसम्म र मेमा ४ देखि ८ बजेसम्मको लागि अनुमति पाएका छौँ,’ शाक्यले भने ।












प्रतिक्रिया