काठमाडौँ । रसुवागढी नाकामा १५ दिनका लागि नाका बन्द हुने भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि काम सुरु हुने भएसँगै आज (बुधबार) देखि बन्द हुन लागेको हो ।
सडक स्तरोन्नतिका लागि ३ महिनासम्म हरेक महिना १५ दिन सडक बन्द हुने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराई जानकारी दिएका छन् । अप्रिल, मे र जुन महिनाको पहिलो १५ दिन सडक पूर्ण रूपमा बन्द हुने उनले बताए ।
गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाका अनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । अप्रिल १ देखि चाइना एड स्याफ्रुबेसी रसुवागढी रिपियर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट सुरु हुन लागेको हो ।
सडक खण्डको स्तरोन्नति चिनियाँ ठेकेदार सिजाङ थियनलुले गर्न लागेको हो । निर्माण पक्षले सडक बन्द गर्नुपर्ने माग गरेकाले उक्त निर्णय गरेको योजनाले जनाएको छ ।
सडकका १० स्थानमा रिटेनिङ वाल निर्माण तथा दुई लेनमा विस्तार गर्ने कामका कारण आवतजावत बन्द गर्न लागिएको हो । गत असार २४ गते चीनतर्फबाट आएको बाढीले क्षति पु¥याएपछि सडक साँघुरो र जोखिमपूर्ण बनेको छ ।










प्रतिक्रिया