निर्वाचनपछि पहिलो संसद अधिवेशन सुरु, के के छन् कार्यतालिका ? LIVE


सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा संसदको पहिलो अधिवेशन सुरु भएको हो ।

ज्येष्ठताका आधारमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउँदै मन्त्रिपरिषद गठन सम्बन्धी जानकारी दिने कार्यतालिका रहेको छ । गृहमन्त्री सुधन गुरुङले संसद अधिवेशनमा तीन अध्यादेश पेश गर्ने कार्यक्रम छ । जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) २०८२ रहेका छन् ।

रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल), नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड), श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन तालिका सार्वजनिक हुँदैछ ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार  १४ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।