काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रकाशित समाचारमा हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्टले नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरूको शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीमार्फत ३७ करोड रुपैयाँ दुरुपयोग गरेको तथा उक्त कारोबार धितोपत्र दलाल नं.५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रालि मार्फत गरिएको भनी उल्लेख गरिएको थियो।
कम्पनीले उक्त समाचार पूर्ण रूपमा भ्रामक, आधारहीन र तथ्यविहीन रहेको स्पष्ट पारेको छ। साथै, सो सम्बन्धमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुनै पनि प्रकारको संलग्नता नरहेको तथा उल्लेखित व्यक्ति वा धितोपत्र दलालसँग कुनै कारोबार नगरेको जानकारी गराइएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा सुशासनका सिद्धान्तहरूको पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको र भविष्यमा पनि सोही अनुरूप अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीले यस्ता भ्रामक समाचार प्रकाशन नगर्न तथा सत्यतथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न सम्बन्धित सबै सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ।












प्रतिक्रिया