सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ गराएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।