काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ करोडसम्मका कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक परिपत्र जारी गर्दै कर्जाका जोखिम भार ६० प्रतिशतमा झारेको हो ।
यससँगै, केन्द्रीय बैंकका अनुसार साना तथा मझौला, कृषि, आईटी, उत्पादनमूलक उद्योगलाई कर्जा दिँदा जोखिम भार ६० प्रतिशत कायम भएको छ ।
सरकारले शासकीय स्वरूपको बुदाँ ५७ मा साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋण प्रवाहमा हाल रहेको जोखिम भार घटाइ उपयुक्त तहमा झार्ने व्यवस्था गरेको छ। त्यसका लागि सरकारले केन्द्रीय बैंकलाई ३० दिनको समय दिएको थियो ।
त्यसका लागि निक्षेप तथा कर्जा ग्यारेन्टी फन्ड वा जग्गा तथा घरले पूर्णकभर गरेका कर्जा हकमा जोखिम भार ६० प्रतिशतमा झरेको छ । यस्ता कर्जा आयोजना बीमा गरिएको हुनुपर्छ भने घरजग्गाका हकमा बजार मूल्य र ऋणको अन्तर २५ प्रतिशत कायम भएका कर्जाका हकमा लागु हुनेछ ।










प्रतिक्रिया